Add to Book Shelf
Flag as Inappropriate
Email this Book

किरात लिम्बू संस्कृति – मानवशास्त्रीय विवेचना : साँबा फयङ नालीबेली

By Subba, Nawa Raj, Dr.

Click here to view

Book Id: WPLBN0100749961
Format Type: PDF eBook:
File Size: 0.1 MB
Reproduction Date: 8/17/2023

Title: किरात लिम्बू संस्कृति – मानवशास्त्रीय विवेचना : साँबा फयङ नालीबेली  
Author: Subba, Nawa Raj, Dr.
Volume:
Language: Nepali
Subject: Non Fiction, Social Sciences, Anthropological study on Kirat Limbu culture
Collections: Authors Community, History
Historic
Publication Date:
2023
Publisher: Hamro Idea, Biratnagar, Nepal
Member Page: Nawa Raj Subba

Citation

APA MLA Chicago

Nawa Raj Subba, B. D. (2023). किरात लिम्बू संस्कृति – मानवशास्त्रीय विवेचना : साँबा फयङ नालीबेली. Retrieved from http://gutenberg.cc/


Description
सूचना, तथ्य, ज्ञानको क्रमबद्ध सङ्कलन, विश्‍लेषण र प्रस्तुतीकरणलाई सामान्य भाषामा अध्ययन भनिन्छ। तर यसले मात्र अध्ययनको परिभाषा पूर्ण हुँदैन। विद्यमान सूचना, ज्ञानको आधारमा तर्कपूर्ण विश्‍लेषण सहितको नयाँ ज्ञान हासित, सिद्धान्त प्रेरितीकरण वा निर्माणलाई अनुसन्धान भनिन्छ। नयाँ अवधारणा, विधि र बुझाइ सहित अनुसन्धान गर्ने गरिन्छ। यसलाई सजिलै बुझिने भाषामा भन्‍नुपर्दा कुनै ज्ञान र सिद्धान्तमाथि तार्किक तर्क राख्नु नै शोधको मूल मान्यता हो। तर्कवितर्कबाट निस्कने ज्ञानलाई पुनः थप तर्कवितर्क गरेर मात्र हामी अनुसन्धानको निष्कर्षमा पुग्दछौँ। प्रस्तुत अध्ययनमा कटौतीकरण (Deduction) र प्रेरितीकरण (Induction) सिद्धान्त अवलम्बन गर्दै विश्‍लेषण, संश्‍लेषण कार्य सम्पन्‍न भएको छ। एकातिर उपलब्ध सिद्धान्त अध्ययनबाट उत्पन्‍न परिकल्पनालाई प्रमाण अवलोकन पश्‍चात तथ्य निरूपण गरिएको छ भने अर्कातिर भेटिएका देखिएका प्रमाणको ढाँचा हेरेर परिकल्पना गरी थप प्रमाणको आधारमा तथ्यहरूलाई सङ्गठित बनाई सिद्धान्त प्रेरितीकरण र निर्माण भएको छ। ज्ञानको अवस्था सत्तामीमांसा (Ontology) कस्तो छ? यसमा आदिभौतिक ज्ञानको विस्तृत अध्ययन गरिएका छन्। भरपर्दा ज्ञानको अवस्था ज्ञानमीमांसा (Epistemology) के कस्ता छन्? तिनको पनि अध्ययन गरिएको छ। अध्ययनमा कत्तिको मूल्यमीमांसा (Axiology) अपनाइएको छ? यसमा जातीय, राजनीतिक, भौगोलिक आदि कुनै पनि आग्रह पूर्वाग्रह नराखी प्राज्ञिक मूल्य र मान्यतालाई विशेष जोड दिइएको छ। अध्ययन रणनीति (Research Strategy) मा यो मिश्रित प्रकृतिको छ। यो एकातिर अनुर्दैध्य अन्वेषणात्मक (Longitudinal Exploratory) रहेको छ भने अर्कातिर प्रजातिवर्णन (Ethnography) मा पनि अध्ययनले दृष्टि पुर्‍याएको छ। सामाजिक–जैविक सिद्धान्तले प्रजातिवर्णन चिरफार गरिएको छ। पद्धति (Approach) मा पनि यो मिश्रित प्रकृतिको छ। यो अनुसन्धान एकातिर विषयवस्तुबाट स्वतन्त्र रहेर ठोस प्रमाणमा आधारित अध्ययन सकारात्मकवाद (Positivism) मा आधारित छ। अर्कातिर शोधकर्ता स्वयम् शोध शीर्षकको विषयवस्तु भएकाले उसमा रहेका ज्ञान र दृष्टिकोण समेत घटनाक्रम अध्ययन (Phenomenology) दृष्टिकोण समेत अध्ययनमा परेको छ।

Summary
भनिन्छ संस्कृति बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही संस्कृति नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका रगत र पसिनाले सिंचिएको भूमिमा आज तिनका अस्तित्व ओइलाउँदै जानु पक्कै चिन्ताजनक विषय हो। हामीले आधुनिकताका नाममा आदिवासीका योगदानलाई भुल्यौँ भने हामी अझै अपूर्ण रहने छौँ। किरात लिम्बू समुदायको मानवशास्त्रीय अध्ययनद्वारा उनीहरूमाझ उठेका कतिपय सवालमा तथ्यपूर्ण र तर्कपूर्ण निष्कर्ष आएका छन्। पाठकलाई ती सूचना जानकारी गराउन यो लेखक अघि सरेको छ। यो प्रयास विशुद्ध प्राज्ञिक मूल्य र मान्यतामा आधारित छ। आफ्नो दायित्व सम्झेर जीवनको उत्तरार्धमा यो लेखकले अनुसन्धानको सकारात्मकबाद समातेर एक निचोडमा पुगेको महसुस गरेको छ। प्राप्त भरपर्दा सूचना र तथ्याङ्कलाई आधार मान्दै संश्लेषित ज्ञानलाई अभिलेख राख्न साथै पाठकसमक्ष साझा गर्न पुस्तक प्रकाशित गरिएको हो। नेपाली माटोको सही पहिचान जान्न र बुझ्न चाहने पाठक, अनुसन्धातालाई किरात सभ्यता, संस्कृति र जातीय सवाल छिचोलेर अघि बढ्न पुस्तक एक सहयोगी सामग्री बनेको छ। शुभकामना।

Excerpt
नेपालमा राजनीतिक रूपमा किरात भन्नाले राई, लिम्बू, याक्खा र सुनुवारलाई बुझाउँछ। भाषाशास्त्रमा किरात भन्नाले भोट–बर्मेली भाषा बोल्ने नेपाल, भारत, भुटान, म्यानमार (बर्मा) का जनजाति तमाम् महाकिरातलाई जनाउँछ। जसअनुसार माथि उल्लिखित चार जाति बाहेक मगर, गुरूङ, तामाङ, कोच, मेच, नागा लगायतका भोटबर्मेली भाषा परिवार बोल्ने जनजाति पर्दछन्। किरातको ऐतिहासिक अर्थ समूहगत रूपमा गढ बनाएर बस्‍ने जाति हो। संगठित भएर बस्‍ने मानिसका रूपमा चिनिएका जनसमूह त्यसबेला किरात नामले चिनिए। (The New Biblical Atlas and Scripture Gazetteer, 1860) आख्यानले किरातीलाई पनि ‘कि–रा–वा’ अर्थात् सिंह, बाघ जस्ता शक्तिशाली जीवतुल्य कहन्‍छ। ‘मोङ्’ को अर्थ जङ्गली राजा सिंह हो, जसबाट मङ्गोल बनेको छ। (Thulung, 1985)

Table of Contents
किरात लिम्बू संस्कृति - मानवशास्त्रीय विवेचना - फयङ साँबा नालीबेली प्रतिलिपि अधिकार समर्पण रचनागर्भ लेखकीय (दोस्रो संस्करण) विषय सूची कृतज्ञताज्ञापन पुस्तक परिचय अध्याय १ परिचय १.१ किरात–याक्थुङ–लिम्बू १.२ किरात लिम्बू राष्ट्रियता १.३ किरात लिम्बू संस्कृति १.४ किरात लिम्बू धर्म १.५ भाषा र लिपि १.६ राई र लिम्बू १.७ सुब्बा थर १.८ साँबा थर १.९ साँबा शब्दको गहनता १.१० साँबा उदयस्थल मेवाखोला १.११ किरात १.१२ याक्थुङ १.१३ लिम्बू १.१४ आदिवासी १.१५ हाङपाङ गढन्त १.१५.१ फयङ साँबाको हाङपाङ आगमन अध्याय २ साहित्यिक पुनरावलोकन २.१ किरात मुन्धुम दर्शन २.१.१ चङबाङ साँबा माङ्गेना मुन्धुम २.१.२ चङबाङ साँबा पुङ मुन्धुम २.१.३ सबा साम्माङ मुन्धुम २.१.४ मुदेन्छङ साँबा उत्पत्ति मुन्धुम २.१.५ थेबा साम्माङ मुन्धुम २.१.६ युमा साम्माङ मुन्धुम २.२ धर्म–संस्कृति २.२.१ हिन्दू शब्दको व्युत्पत्ति २.२.२ आर्य शब्दको व्युत्पत्ति २.२.३ किरात र हिन्दू सवाल २.२.४ शैव धर्म २.२.५ जीववाद २.२.६ आत्मावाद २.२.७ बोन धर्म २.२.८ शैव र वोन दर्शन २.२.९ हिन्दू धर्म २.२.१० शैवबाट एकेश्‍वरवाद मुसलमान धर्म २.२.११ वौद्ध धर्मको स्थानीय धर्ममा प्रभाव २.२.१२ युमा धर्मको पृष्ठभूमि २.२.१३ युमा धर्म स्थानीय नाम २.२.१४ युमा धर्ममा ईसाई प्रभाव २.२.१५ युमामा राजनीतिको प्रभाव २.२.१६ समाज सुधारक शैवमार्गी सत्तेहाङ २.२.१७ सत्तेहाङ शिक्षाको मूल्याङ्‍कन २.२.१८ इतिहासलेखनमा राजनीतिक प्रभाव २.३ सभ्यता र इतिहासको रूपरेखा २.३.१ इतिहास र वंशावली २.३.२ गोत्रसम्बन्धी अवधारणा २.३.३ काशी गोत्र वा वंश २.३.४ ल्हासा गोत्र वा मार्ग २.३.५ काशी र ल्हासा गोत्रबीच अन्तरसम्बन्ध २.३.६ किरात, लिच्छवी, सेन, खस २.३.७ गंगा मैदान २.३.८ यकतुम्बा उदय २.३.९ मोहेन्जोदडो–हड़प्पा सभ्यता २.३.१० मेसोपोटेमिया सभ्यता २.३.११ चिनियाँ सभ्यता २.४ सृष्टिसम्बन्धी दर्शन तथा सिद्धान्त २.४.१ बिग ब्याङ सिद्धान्त २.४.२ मानव उत्पत्ति र विकास सिद्धान्त २.४.३ मानव विकास कालक्रम २.४.४ मानव उद्‍‍विकास २.४.५ जीव विकासवाद सिद्धान्त. २.४.६ मानव बसाइँसराइ २.४.७ अफ्रिका बाहिर ढाँचा सिद्धान्त अध्याय ३ समस्याकथन ३.१ सम्बद्ध सवालहरू ३.२ अध्ययनको उद्देश्य ३.३ अध्ययनको परिकल्पना ३.४ सैद्धान्तिक ढाँचा ३.५ अध्ययनको सीमा अध्याय ४ अध्ययन विधि र दृष्टिकोण ४.१ अध्ययन विधि ४.२ अध्ययन दृष्टिकोण अध्याय ५ नतिजा ५.१ प्राचीन खाका (अ) ५.१.१ वैज्ञानिक अवधारणामा आधारित रूपरेखा ५.१.२ प्राचीन रूपरेखा ५.२ वंशावलीजन्य खाका (आ) ५.३ मुन्धुम ५.३.१ साँबा फयङ उत्पत्ति मुन्धुम ५.३.२ लगन खोप्मा मुन्धुम ५.३.३ जुठो आधेल्ले मुन्धुम ५.३.४ एक फयङ साँबा अग्रजको ज्ञान र उपदेश ५.४ तुङ्दुङ्गे मुन्धुमको अध्ययन ५.५ सेनबाट स्रेङ सेनेहाङ ५.६ फयङ साँबा उत्पत्ति ५.७ फयङ साँबा गढन्त ५.८ फयङ साँबा विकास ५.९ लिङ थाङ यक ५.१० साँबा फयङ वंशवृक्ष (इ) ५.१०.१ फयङ परिवार ५.१०.२ जनसङ्ख्या ५.१०.३ ताप्लेजुङ मेवाखोलामा फयङ साँबा ५.१०.४ आठराई हाङपाङमा फयङ साँबा ५.१०.५ संखुवासभामा बस्‍ने फयङ साँबा परिवार ५.१०.६ भुटानमा बसोबास गर्ने फयङ साँबा परिवार ५.१०.७ पाँचथरमा बसोबास गर्ने फयङ साँबा परिवार ५.१०.८ सिक्किममा बसोबास गर्ने फयङ साँबा परिवार ५.१०.९ भारतको असममा बसोबास गर्ने फयङ साँबा ५.१०.१० चलायमान फयङ साँबा जनसंख्या ५.११ साइनो तलमाथि परेको अवस्था ५.१२ थर, उपथर बोलाइ लेखाइ अभ्यास अध्याय ६ छलफल तथा विश्‍लेषण ६.१ उत्पत्ति र उत्पत्ति विज्ञान ६.२ हिमालय नेपालमा मानव बसाइँसराइका पदचिन्ह ६.३ साँबा फयङको ऐतिहासिक, सांस्कृतिक पृष्ठभूमि ६.४ भाषाशास्त्रीय विश्‍लेषण ६.५ वंशावलीहरूको तुलनात्मक अध्ययन ६.६ मुन्धुमका आधारमा विश्‍लेषण ६.६.१ वरक्मा साम्माङ मुन्धुम् ६.६.२ भिताप्सो ताम्भुङ्ना मुन्धुम् ६.६.३ चङबाङ् साँबा अर्ती उपदेश मुन्धुम् ६.७ सखुवासभाका फयङ साँबा राई ६.८ राई लिम्बू पुर्खौली नाता ६.९ धिमाल लिम्बू पुर्खौली नाता ६.१० किरात लिम्बू र मगर ६.११ किरात र खसरात ६.१२ मुन्धुम र ग्रिसेली मिथक ६.१३ मुन्धुमी मुनातेम्बे ६.१४ लेप्मु ६.१५ मुन्धुम रचनास्थल ६.१६ मधेस परिभाषाको समीक्षा ६.१७ तराई नामाकरण ६.१८ मेची, कोशी भूअमिधा ६.१९ हाङसेनलुङ ६.२० थर हिज्जे विविधता ६.२१ मुन्धुमले जोड्छ टुक्र्याउँदैन अध्याय ७ आलोचनात्मक विश्‍लेषण अध्याय ८ निष्कर्ष ८.१ बुँदागत सारांश ८.२ केही सुझाव सन्दर्भ सामग्री परिशिष्ठ लेखक परिचय तथा प्रकाशन

 
 



Copyright © World Library Foundation. All rights reserved. eBooks from Project Gutenberg are sponsored by the World Library Foundation,
a 501c(4) Member's Support Non-Profit Organization, and is NOT affiliated with any governmental agency or department.